
काठमाडौं । नेपाली गीतसंगीतका चर्चित गायक सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गर्नुभएको छ । उहाँलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गर्नुभयो । ०७० को निर्वाचनमा काठमाडौं–६ मा तत्कालीन राप्रपा नेपालका उम्मेदवार रहनु भएका सञ्जय पछिल्लो समय निष्क्रिय रहेकामा फेरि पार्टी प्रवेश गरेर सक्रिय हुन लाग्नुभएको हो ।
दशक अघिका युवापुस्ता माझ लोकप्रिय श्रेष्ठ राप्रपामा प्रवेश गर्नुले युवा वर्गमा उर्जा थपिएको छ । कलाकारितासँगै समाजसेवा र राजनीतिमा सक्रिए श्रेष्ठ युवा पुस्तामा चर्चित हुनुहुन्छ । उहाँ राष्ट्रभावनाप्रति ओतप्रोत हुनुहुन्छ ।

विगतमा राप्रपामा रहेर विभिन्न कारणले निष्क्रिय रहेका देशभक्त राष्ट्रवादी नेता कार्यकर्तालाई पार्टीमा फर्किइ पुनः सक्रिय रहन अध्यक्ष लिङ्देनको अपिल गर्नुभएको छ ।