
एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि जित निकालेको छ । गएराति भएको खेलमा रियलले एट्लेटिकोलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउनको लागि करिम बेन्जेमा र मार्को एसेन्सियोले गोल गरे । बेन्जेमाले पहिलो हाफमा तथा एसेन्सियोले दोस्रो हाफमा गोल गरेका थिए ।

खेलको १६औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाका थिए । उनले भिनिसियस जुनियरको क्रसमा गोल गरेका थिए ।
५७औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले जुनियरकै पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल रियलले जित्यो ।
यो जितसँगै रियलले शीर्षस्थानमा आफ्नो स्थान थप मजवुत बनाएको छ । रियलको १७ खेलबाट ४२ अंक पुगेको छ । पराजित एट्लेटिको १६ खेलबाट २९ अंक जोडेर चौथो स्थानमा रहेको छ ।