
चितवन । चितवनमा फेरि एउटा वयस्क गैंडा मृत फेला परेको छ । पश्चिम चितवनको विजयनगरमा करेन्ट लागेर मृत्यु भएको अनुमान गरिएको भाले गैडा मृत अवस्थामा फेला परेको हो । सोमबार बिहान ८ बजे मृत अवस्थामा देखिएको गैंडाको पोष्टमार्टम भइराखेको डिभिजन वन कार्यालय भरतपुरका सहायक वन अधिकृत बालकृष्ण खनालले जानकारी दिनुभयो ।
करेण्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ उहाँले भन्नुभयो । चिकित्सकको टोलीले पोष्टमार्टमको कार्य गरिराखेकाले केही समयपछि मात्र मृत्युको कारण पत्ता लाग्ने जानकारी दिनुभयो । करिब ५ वर्षको देखिने वयस्क गैंडाको खाग, घुर सुरक्षित रहेको उहाले जानकारी दिनुे ।
