
काठमाडौं । सरकारले किसानको लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल विरगञ्ज भन्सारमा एक वर्ष देखि अलपत्र रुपमा फालिएको छ।
गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार नै भएको थियो। तर, सरकारले विदेशबाट खरिद गरेर ल्याएको मल गुणस्तर हिन भएको भन्दै भन्सार पास नहुँदा विरगञ्जको सुक्खा बन्दरगाहको खाली भागमा अलपत्र फालिएको छ।

सरकारले खरिद गरेर ल्याएको मल भारतको कोलकता बन्दरगाहमा धेरै समय बसेको थियो। कोलकता बन्दरगाहका बङ्गालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेर नेपाल आएको थियो। कोलकताबाट नै ड्यामेज भएर नेपाल ल्याइएको थियो। कोलकता भन्सारमा छाड्न नमिलेकाले विरगञ्ज बन्दरगाहमा ल्याएर खाली भागमा अलफत्र रुपमा छाडिएको छ।