काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको निर्वाचन अहिले केहीवेरमा हुँदैछ । पहिलो चरणको निर्वाचनबाट सभापतिमा विजयी हुन नसकेका शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनबाट विजयी हुने निश्चित भएको छ ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार रहेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै समर्थन गर्ने निर्णय गरेपछि दोस्रो चरणको निर्वाचनबाट उनको विजयी निश्चित रहेको देखिन्छ ।

पहिलो चरणको निर्वाचनबाट सभापतिमा विजयी हुन नसकेपछि देउवाले सिंह र निधिको निवासमै पुगेर सहयोगका लागि आग्रह गरेका थिए । देउवाले सिंहलाई प्रधानमन्त्रीको आश्वासन दिएका छन् भने निधिलाई आफ्नो समुहबाट १५औं महाधिवेशनमा सभापति बनाउँने आश्वासन दिएका छन् ।

सिंह र निधिले देउवाबाट ‘बम्पर उपहार’सहितको आश्वासन पाएपछि दोस्रो चरणको निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सार्वजनिक रुपमा उनीहरुले देउवालाई दोस्रो चरणको निर्वाचनमा सहयोग गर्ने बताइसकेका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचन आजै हुँदैछ । आज साढे ३ बजेदेखि दोस्रो चरणको मतदान कार्यक्रम सार्वजनिक गरिएको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार पहिलो चरणको निर्वाचनमा पार्टीको विधानअनुसार कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि दोस्रो चरणको निर्वाचन हुन गइरहेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय