काठमाडौं । झापास्थित भद्रपुर भन्सार कार्यालयका अधिकृतविरुद्ध राजस्व अनुसन्धान विभागले भन्सार छलीको आरोपमा मुद्दा दायर गरेको छ।

कार्यालयका अधिकृत प्रमोद पौडेलसहित चार जनाविरुद्ध विभागले उच्च अदालत विराटनगरको, इलाम इजलासमा सोमबार मुद्दा दायर गरेको हो।

भद्रपुर नगरपालिका–७ का ४० वर्षीय पौडेलसमेतको संलग्नतामा एक करोड ६० लाख भन्सार चुहावट भएको विभागको आरोपपत्रमा उल्लेख छ। अन्य अभियुक्तमा कार्यालयकै नायब सुब्बाहरू नानुका पोखरेल (आचार्य), लक्ष्मी विश्‍वकर्मा र किशोर आचार्य छन्।

भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको उनीहरूमाथि अभियोग लगाइएको विभागको इटहरी कार्यालयले जानकारी दिएको छ।

उनीहरूविरुद्ध बिगो बराबरकै जरिवाना र प्रचलित कानुनअनुसार अधिकतम कैद सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय