
अहिले हाम्रो देशमा आफ्नो आफ्नो पार्टीका चुनावको होडबाजी चलिरहेको अवस्था छ । जसले हारे पनि जिते पनि देशको नाजुक अवस्था र राजनिती गर्ने नेताहरु देखेर चिन्ता अवश्य सबैलाई हुन्छ नै होला।
राष्ट्रप्रेमी, देशभक्ती , वफादार र राम्रो नेता पाउन हाम्रो देशमा मुश्किल छ । यो त सर्वसाधारणले जानेको बुझेको सुनेको र अहिले आएर देखेका पनि छौ । इमान्दार देशप्रेमी राष्ट्रको सेवा गर्ने राष्ट्रप्रेमी पाउन अझ कति वर्ष लाग्ने हो कि भाषणमा नै सिमित हुने हो ।

चुनावमा हार जित हुन्छनै तर आफू जित्दैमा वा हार्दैमा जे पनि भाषणरुपी रुपमा अरुलाई दोषारोपण गर्ने प्रवृती कतिको अनुचित होला र कहिलेसम्म! !! जसले चुनावी मैदानमा उभिएको हुन्छ उसको हार जित त पक्कै हुन्छ। जित्दैमा राम्रो र हार्दैमा नराम्रो भन्ने हुदैन । जसले पार्टीको , राष्ट्रको इज्जत र देशको हित हुने काम गर्द्छ उसले स्वत जित हासिल गर्द्छ यो कसैको आडमा हराउन र बलको प्रयोग गरेर जितेको हुदैन र यो बुझ्नु हरेक पार्टीका नेताहरुले जान्नु जरुरी देख्दछौ ।
चुनाव हार्दैमा रिस त उठ्छ होला बोल्न पायो भन्दैमा अरुलाइ दोष दिनु कति राम्रो होला आफै सोच्नुस र विचारविमर्स गर्नुस् । अरुलाई दोषदिनु भनेको आफू अगाडि बढ्न नसक्नु साथै पछाडी पर्नु हो र पतनको बाटो लम्किदै जानु हो र कसैले विश्वास नगर्नु हो ।
धेरै जसो नेताहरु बाट हामिले नैतिक शिक्षा सिक्ने मौका पाएका छौ । रिसको आवेग मा अनावश्यक दोष र जे शब्द खानेमुख आयो त्यही शब्द बोल्न नहुने रहेछ भन्ने शिक्षा पनि पाइयो ।
प्रमिला पाण्डे थापा
बत्तिसपुतली बानेश्वर