काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद जितेन्द्र सोनलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् ।

बुधबार बसेको प्रदेश २ को प्रदेशसभा बैठकमा बोल्दै सांसद सोनलले प्रदेश १ सरकारले सञ्चालन गरेको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत भएको साइकल वितरणमा मुख्यमन्त्री राउतले अनियमितता गरेको भन्दै उनको राजीनामा माग गरेका हुन् ।

उनले साइकल वितरणमा प्रश्न उठेको भन्दै राजीनामा दिन मुख्यमन्त्री राउतलाई आग्रह गरे । मुख्यमन्त्रीले यसअघि नै अलिकति पनि दोषी देखिए मार्गप्रशस्त गर्छु भनेको स्मरण गर्दै सांसद सोनलले अख्तियारको प्रारम्भिक छानबिनमा भ्रष्टाचार देखिएपछि राजीनामा दिनुपर्ने धारणा राखेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय