
काठमाडौं । ‘साथी मार्ट’ को ब्रान्ड एम्बास्डरमा राजेश हमाल नियुक्त हुनुभएको छ ।
बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच ‘साथी मार्ट’ का फाउन्डर तथा सिइओ सागर पोखरेल र नायक हमालसँग सम्झौता गर्नुभयो ।

मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ लाई ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताउनुभयो । त्यस्तै, महानायक हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्त्व राख्ने बताउनुभयो ।
आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी ‘साथी मार्ट’ ले रिटेल चेन स्टोरको अपरेसन, अनलाइन सपिङ, एफिलिएट मार्केटिङ, स्थानीय र अन्तर्राष्ट्रिय उत्पादनहरुको वितरणमा आइएसओ स्ट्यान्डर्ड प्राप्त गरेको छ ।
‘साथी मार्ट’ ले आफ्ना सबै मार्टमा यस आर्थिक बर्षमा तीनसय प्रतिशतसम्मको बिक्री बढाउने योजना रहेको बताएकोछ । बिक्री बढाउन छुट, नेशनल कस्टमर मेम्बरसिप, एफिलिएट मार्केटिङ, नयाँ अफर, फल्यास सेल्स, मेड इन नेपाल कलेक्सन, पिक अप सुविधा र अनलाइन सेल्सलाई प्राथमिकता दिइएको बताइएको छ ।