काठमाडौं । काठमाडौँमा जारी शहीद स्मारक ‘ए’डि भिजन लिगमा जावलाखेल युथ क्लबले पहिलो जित निकालेको छ । शनिबार दशरथ रंगशालामा भएको खेलमा च्यासल युथ क्लबविरुद्ध १-० गोलले पराजित गर्दै जावलाखेलले पाँचौं चरणमा पहिलो जित निकाल्न सफल भएको हो ।

खेलको एक मात्र निर्णायक गोल जावलाखेलको विदेशी खेलाडी निकोलस फर्नान्डेजले गरे । उनले ३७ औं मिनेटमा गरेको गोल जारी लिगमा जावलाखेलको नै पहिलो गोल हो । च्यासलका डिफेन्डर केचा यानिक गल्तीको फाइदा उठाउँदै ओनगना एन जुनियरको पासमा निकोलसले उत्कृष्ट फिनिस गरेका थिए ।

च्यासल ५ खेलबाट ४ अंक रहेको छ भने पहिलो जित निकालेको जावलाखेलको समेत ४ अंक पुगेको छ ।

त्यस्तै लिग अन्तर्गत पोखरा रंगशालामा शनिबार विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मनाङ शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्ट नायक बने ।

उनले दुई गोल गरे । यस्तै निशान लिम्बुको नाममा एक गोल रह्यो । पुलिसका सुमन लामाले एक गोल फर्काए ।’ए’ लिगको इतिहासमा पहिलो पटक काठमाडौं बाहिर भएको पहिलो लिग खेल हो ।

यस जितसँगै मनाङले ५ खेलमा १३ अंक जोडेको छ । मनाङले शीर्ष स्थानमा २ अंकको अग्रता समेत बनाएको छ । दोस्रो स्थानको मछिन्द्रको ११ अंक रहेको छ ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा गोलरहित बरावरी खेल्दै थ्रीस्टार र न्यूरोड टिमले अंक बाडेको छ । निकै प्रतिष्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न नसकेपनि अंक बाड्न बाध्य भएको हो । बराबरीसंगै थ्रीस्टारको ६ अंक रहेको छ भने न्युरोड टिमको ६ अंक नै रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय