
एजेन्सी । नापोलीले इटालियन सिरी ए फुटबलमा तीन खेलको जितबिहीन यात्रा अन्त्य गरेको छ। आइतबार राति भएको खेलमा नापोलीले एसी मिलानलाई १–० ले पराजित गरेको हो ।
अवे मैदानमा भएको खेलमा नापोलीको जितमा एलिफ एल्मासले पाँचौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि दोस्रो स्थानको नापोलीको १८ खेलबाट ३९ अंक भएको छ ।

पराजित भएको एसी मिलान तेस्रो स्थानमा छ र उसको १८ खेलबाट समान ३९ अंक नै छ।
आइतबार राति भएका अरु खेलमा फियोरेन्टिना र सासुओलोले २–२, स्पेजिया र एम्पोली तथा साम्पडोरिया र वेनेजियाले समान १–१ को बराबरी खेलेका छन् । तोरिनोले हेलास वेरोनालाई १–० ले पराजित गरेको छ ।