
एजेन्सी । एपेनिस् ला लागिमा बार्सिलोना र सेभिल्ला बराबरी खेलेका छन् । गएराति भएको खेलमा बार्सिलोना र सेभिल्ला १-१ को बराबरी खोल्दै अंक बाडेको हो ।
सेभिल्लाको लागि पपु गोमेजले गोल गरे भने बर्सिलोनाको रोनाल्ड अरुउजोले गोल फर्काए । दुवै गोल पहिलो हापमा सम्भव भएको थियो ।

खेलको ३२औं मिनेटमा गोलेजले गोल गर्दै सेभिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, पहिलो हाफकाे अन्तिम समयमा रोनाल्डेले गोल गर्दै खोल १-१ को बराबरीमा ल्याए ।
दोस्रो हाफमा १० खेलाडीमा समेटिएको सेभिल्लालाई बार्सिलोनाले दबाबमा राखेपनि गोल भने गर्न सकेन । खेलअवधिभर बार्सिलोनाले २३ प्रहार गर्दा ७ प्रहार टार्गेटमा हानेको थियो । सोभिल्लाले भने ५ प्रहार मात्रै गरेको थियो ।
यो बराबरीसँगै दुवै टोली यथास्थान रहेका छन् । १८ खेलबाट ३८ अंक जोड्दै सेभिल्ला अंकतालिकाको दोस्रो स्थानमा रहेको छ भने सातौंं स्थानमा रहेको बार्सिलोनाको २८ अंक छ ।