काठमाडौं । चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजहरुले चिकित्सा शिक्षातर्फ स्नातक तहको अध्ययनको शिक्षण शुल्कको विषयमा प्रष्ट पारेको छ। शिक्षण शुल्क सम्बन्धमा स्पष्ट पारिएको आयोगको सूचनामा भनिएको छ, ‘शिक्षण संस्थाले चिकित्सा शिक्षाको अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याव, पुस्तकालय, सामुदायिक तालीम वा परीक्षा शुल्क लाई बुझाउने भएकाले शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोष्टिङ, फिल्ड भिजिट, इन्टर्नसीप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्कजस्ता विद्यार्थीहरुको पढाई पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश भएको हुनाले यी विषयमा थप शुल्क नलाग्ने।’

स्ता शुल्क विद्यार्थी स्वयंले सम्बन्धित काउन्सिलमा बुझाउन सक्ने आयोगले बताएको छ। शिक्षण संस्थाको होस्टेल, मेश जस्ता शुल्क विद्यार्थीको ऐच्छिक विषय हुने आयोगले जारी गरेको सूचनामा भनिएको छ।

‘कानुन सम्मतबाहेक अनिवार्य नभएका विषयमा अनिवार्य भनी अतिरिक्त शुल्क लिदा छात्रवृत्तितर्फ कानुनले संरक्षण गरेका अतिन्युन आयस्रोत भएका विद्यार्थी समेत पढाइबाट वञ्चित हुने स्थिति सिर्जना हुने भएकाले माथि उल्लेख भएजस्ता शुल्क नलिन र यस्तो अवस्था विद्यमान रहिरहेको अवस्थामा सम्बन्धित नियमक निकाय आकर्षित हुने तथा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ का दफा १४ को उपदफा १ समेत आकर्षिकत हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय