कास्की ७ पुसगण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँ गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी हुनु भएको हो । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित हुनेमा मुख्यमन्त्री नेपालीसँगै तनहुँका धुव्र वाग्ले रहनु भएको छ ।

वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले २ हजार ३ सय ६ मत ल्याएर विजयी बन्नु भएको हो । चुनावी मैदानमा उत्रिएका शोभियतबहादुर अधिकारीले २ हजार ३४ र रेशमबहादुर बानियाले १ हजार ९ सय ३८ मत ल्याउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय