
काठमाडौं । नेपाली सेनाका दुई जना सहायक रथीको उपरथीमा बढुवा भएको छ।
प्राविधिक सहायक रथी डा. अरूणकुमार न्यौपाने र सहायक रथी सागरबहादुर केसीको उपरथीमा पदोन्नती भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

नेपाली सेनाका प्रधानसेनापती महारथी प्रभुराज शर्माले मंगलबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच न्यौपाने र केसीलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। उनीहरूलाई पुस १ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार बढुवा गरिएको हो।
पदोन्नती भएसँगै उपरथी न्यौपाने सैनिक स्वास्थ्य महानिर्देशनालयको महानिर्देशकको रूपमा नियुक्त भएका छन्। जंगी अड्डामा आयोजित कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिती थियो।