
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था फाल्नु नै गलत भएको बताएका छन् ।पार्टीको लुम्बिनी प्रदेश कमिटीले बिहीबार तुलसीपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस कम्युनिष्टले राजाकै कारण देश नबेनेका बताएपनि अहिले धेरै राजाहरुकै कारण देश बर्बादीमा पुगेको दावी गर्न पछि परेनन् । विदेशी बैंकमा राजाले पैसा राखे भन्नेहरुले नै अहिले आफैँ पैसा राखेको उनको भनाई छ ।
स्वाभिमान र आफ्नोपन हराउँदै जाँदा देश संकटको अवस्थामा पुगको बताए । कांग्रेस र कम्युनिष्टले लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको नाममा देशलाई विगत तीन दशकदेखि बन्धक बनाएको आरोप समेत लगाए ।

‘जनतालाई कांग्रेस कम्युनिष्टले ठुला–ठुला सपना बाँडेर चुनाव जिते पनि देशमा कुनै किसिमको परिवर्तन भएन,’ उनले भने, ‘अहिलेको सत्ता साझोदार दलले देशलाई बेरोजगार उत्पादन गर्ने कारखानाकोरुपमा विकास गरे । रोजगारीको अवसर सृजना हुनै सकेन।’