काठमाडौं । धनुषा प्रहरीले १४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी घर भइ हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर छन् ।

बुधबार साँझ ७ बजेदेखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे ठाकुरलाई पक्राउ गरेको हो । नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारततर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले बालकलाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएको छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय