काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र माओवादीबीच पार्टी एकता गरेर गल्ती नभएको भन्दै फेरि समीक्षा गर्न भनेका छन् ।

आइतबार पार्टीको ८ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकता गरेर गल्ती नगरेको भन्दै पुनः एकचोटी समीक्षा गर्नुपर्ने बताए ।

उनले भने, ‘बिहान कमरेड केपी ओलीसँग कुरा भएको थियो । उहाँ झापामा हुनुहुन्थ्यो । उहाँले महासचिव पठाउछु भन्नुभयो, साँच्चै आउनुभयो । मलाई मन परेको कुरा के हो भने, हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । फेरि एकचोटी आत्मसमीक्षा गर्यौँ । कहाँ भत्कायौँ फेरि समीक्षा गरौँ । अघि महासचिव शंकर पाखेरलजीले जुन कुरा राख्नुभयो त्यो जायज छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय