एजेन्सी । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लागु गरिएको छ ।

मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको बताउँदै दिल्लीमा ‘यलो अलर्ट’ जारी गरिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार ‘यलो अलर्ट’ लागु भएसँगै सबै शैक्षिक संस्थाहरु बन्द गरिने जनाएका छन् ।

त्यस्तै, विवाह समारोह र दाहसंस्कारमा २० जनाभन्दा बढी भेला हुन पाउने छैनन् भने ५० प्रतिशत क्षमतामा मात्रै दिल्लीका मेट्रो र बस सेवा सञ्चालन गर्नुपर्ने छ ।

त्यस्तै, सिनेमा हल, पार्टी प्यालेस र मनोरञ्जन केन्द्रसमेत बन्द गरिनेछ । ५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई–रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् । भारतका २१ राज्यमा ओमिक्रोन फैलिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय