काठमाडौं ।एमसीसीको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले काठमाडौंमा प्रदर्शन गरेको छ । एमसीसी राष्ट्रघाती भएको भन्दै तत्काल सम्झौता खारेज गर्न माग गरेको छ । शहरका विभिन्न भागबाट निस्केको विरोध ¥याली एकिकृत भएर टुंँडिखेलमा जनसभामा परिणत भएको थियो ।
एमसीसी सम्झौता स्वीकार्नु देश अस्थिरता र द्वन्द्वमा फस्नेछ भन्दै एमसीसी सँगको सम्झौता खारेज गरौं, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं लगायतका नारा लगाएका थिए । एमसीसी सम्झौता खारेज गर्नका लागि सरकारको ध्यानाकर्षण गराउन सो पार्टीले एक साता लामो आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।
