काठमाडौं । देशमा शान्ति र अमनचयनको कामनासहित स्वर्गीय राजावीरेन्द्र विरविक्रमशाह देव को ७७औं जन्मजयन्ती बुधवार मनाइएको छ । शान्ति प्रेमी राजा बीरेन्द्रको स्मरण गर्दै विभिन्न कार्यक्रमको आयोजना गरि देश तथा विदेशमा उनको जन्मजयन्ती मनाइएको हो ।

स्व.राजाबीरेन्द्र शान्ति प्रतिष्ठानले आज नेपाल शान्ति क्षेत्र घोषणाका प्रस्तावक राजाबीरेन्द्रको ७७औं जन्मजयन्तीको अवसरमा स्थायी शान्तिको कामना सहित जवलाखेल स्थित राजाबीरेन्द्रको शालीकमा माल्यार्पण तथा दिप प्रज्वलन गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शिवहरि खनालले राजा बीरेन्द्र शान्तिका प्रस्तावक भएकाले उहाँको शान्तिप्रतिको आस्थालाई सबैले अनुशरण गर्नु पर्ने बताए । यस्ता शान्तिवादी राजाको अकालमै मृत्यु हुनु विडम्वना भएको उल्लेख गरे । राजाबीरेन्द्रको मृत्यु भने रहस्यमय ढंगले एउटा कहाली लाग्दो घटना भएको बताउँदै दुख व्यक्त गरे । राजसंस्था प्रति जनताको आस्था र विश्वास नघटेको उनले बताए ।

उनले यस लाई नेपालको इतिहासमा कालो दिनको रुपमा लिने गरे पनि बताए । कार्यक्रममा उपाध्यक्ष बलबहादुर वस्यालले राजामा भएको कमीकमजोरीहरु सच्याउँदै राजा बीरेन्द्रको शान्ति शुसान जस्ता राम्रा कुराहरुको अनुशरण गर्नु पर्ने बताए । नेपाल दुई ढुगांको तरुल भएको बताउँदै राष्ट्रियताको निम्ति सबै जनता एकजुट हुनु पर्नेमा जोड दिए ।उनले राजा बीरेन्द्रको स्मरणको लागि शालिक ,पार्क अनावरण गर्नु पर्ने उनको भनाइ रहेको थियो ।

नरहरिनाथ ट्रस्टका अध्यक्ष शंकर पौडेलले राजा बीरेन्द्र सबैलाई संरक्षण गर्नसक्ने क्षमता भएको हुँदा उहाँको योगदान स्मण गर्दै आएको बताए । साथै उनले राजा विरेन्द्रको हत्यारा चाडै पत्ता लगाउन पर्नै माग गरे । कार्यक्रममा समाजसेवि उर्मीला निता रावलले हिन्दु राष्ट र राजसंस्थाले मात्रै नेपाली जनताको संरक्षण हुने बताउँदै सर्वहराको नारामा कथित लोकतन्त्र गणतन्त्र स्थापना हुनुले देश अराजकता तिर गएको उल्लेख गरिन् । राजा बिनाको राज्य मियो बिनाको दाइ जस्तै हुने दाबी गरिन् ।

राजा बीरेन्द्रमा जनता सुखी र खुशी भए मात्र राष्ट्र सवल, स्वाभिमानी तथा आत्मनिर्भर रहने कार्यक्रममा सहभागीहरुको भनाइ रहेको थियो । अहिले संघिय लोकतान्त्रिक शासन आए पनिदलहरु बिचको आन्तरिक कलहले संघिय साशन संकटमा पर्दै गएको उनीहरुले बताएका छन् ।

यता नारायण हिटी हत्याकाण्ड पछि नेपालको राजनीतिक अवस्था जटिल अवस्था तीर गएको आमजनताको बुझाई छ । राष्ट्रले सक्षम नेतृत्वन पाउँदा संकटमा फस्दै गएकोले स्थायी शान्ति र सद्भाव कायमका लागि राजाबीरेन्द्रको आवश्कता झन खड्किरहेको जनताले महशुस गर्न थालेका छन् । वि.सं. २००२ साल पुष १४ गते जन्मनु भएका राजाबीरेन्द्रको वि.स.२०५८साल जेष्ठ १९ गते नारायणहिटी हत्याकाण्डमा बंशनै नास भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय