काठमाडौं । नेपाली हवाई उडड्यन क्षेत्रमा विगत लामो समयदेखि निरन्तररूपमा अतुलनीय योगदान गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले गुण एयरलाईन्सका प्रवक्ता प्रज्वल थापालाई सम्मानित गर्नुभएको छ ।

यसरी सम्मानित हुनेहरुमा वरिष्ठ क्याप्टेन दधिराम निरौला, सीता एयरका कुशल व्यवस्थापक घनश्यामराज आचार्य, बुद्ध एयरका खगेन्द्र बस्नेत, क्याप्टेन विवेक खड्का, पूर्व विमानचारिका रेनु राई, सुवास बस्नेत, पत्रकार अच्युत पुरी, अग्नी नियन्त्रक सुनिता सिवाकोटी लगायतलाई सम्मान गरिएको थियो ।

सिजन मिडियाद्वारा विहिवार आयोजना गरिएको “मिस एयरहोस्टेज २०२१” ५औं संस्करणमा गोरखाकी १९ वर्षीया प्रिस्किला गुरुङले “मिस एयरहोस्टेज २०२१” ताज चुम्न सफल हुनुभएको थियो ।

कार्यक्रममा मन्त्री आलेले यस्ता कार्यक्रमले नेपालको हवाई क्षेत्रमा रोजगारी सिर्जना गर्न दबाब हुने र आगामी दिनमा नेपालको एकमात्र ध्वजावाहक नेपाल एयरलाइन्सलाई विमान खरिद प्रक्रियामा अघि वढेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय