काठमडौं । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको जिम्मा बलाधिकृत रथी बालकृष्ण कार्कीलाई दिइएको छ । प्रधानसेनापति प्रभुराम शर्मा यही १८ पुसदेखि ३० गतेसम्म घर बिदामा रहने भएकाले कार्कीलाई कायममुकायमको जिम्मेवारी दिइएको हो ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई कायममुकायम भई प्रधानसेनापतिको कार्यभार सम्हाल्ने गरी तोक्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । हाल सेनामा प्रधानसेनापति शर्मापछिको वरियतामा कार्की छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय