काठमाडौं । नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स आइतवार देखि काठमाडौ बाट सुर्खेत को लागि नियमित हवाई उडान शुरु गरेको छ।गुणले सुर्खेतको लागि शुरूवातमा हाल दैनिक एक उडान गर्ने भएको छ।

आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान बाट उडान सेवा सन्चालन गरीरहेको गुण एयरलाइन्स ले यस अघि भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा, नेपालगन्ज, विराटनगर, सिमरा र जनकपुर मा नियमित हवाइ उडान शुरु गरीसकेको छ यस्को साथसाथै गुणले पोखरा बाट नेपालगन्ज भैरहवा र भरतपुर मा समेत दैनिक उडान गरीरहेको छ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापा का अनुसार यात्रुहरु लाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुबिधा दिन कुनै कसर बाकी नराख्ने र गुणस्तरिय हवाइ सेवा दिन त्यसै अनुसार उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा प्रतिस्पर्धामाआफुहरु पनि गइरहेको र त्यसै अनुरुपको उच्च स्तरको सेवा दिदै उडान गरिरहेको बताउनुहुन्छ।उडानको शुरूवात देखिनै गन्तव्य हरुमा यात्रु हरुबाट राम्रो साथ पाएको र यसवाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय