काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गरेको छ।

पृथ्वी जयन्तीलाई पर्वको रूपमा मनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतवार ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको हो ।

उता राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले पुस २७ गते एकता दिवस मनाउनु पर्छ भन्ने नेताहरू नै धेरै पटक मन्त्री भएको तर मन्त्री भएपछि सबै बिर्सिएको आरोप लगाए । उनले भने, ‘मुख्य कुरा दिवस भन्दा पनि मर्म र त्यसले दिएको सन्देश हो । त्यसले दिने संकोचलाई जनमानसमा लान नसकेको कारण आज देशको अवस्था यस्तो भएको छ ।’ कुनै पनि मानिस मानिस नभई राजनीतिक दलको पहिला हुनेमा दुःख लाग्ने बताउँदै भने, ‘हरेक कुरालाई सामाजिकीरकण गर्नुहुँदैनथ्यो । सबै दलमा मात्र देखिए ।’

५१ प्रतिशत महिलालाई कमजोर रूपमा राखेर राष्ट्रियतनको कुरा गर्न सम्भव नभएको उनको भनाई थियो । देश भुगोलको रूपमा एकिकरण भएपनि देशका मानिसहरू भावनात्मक रूपमा एकतामा बाधिन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘यही कारणले गर्दा आज देशमा विदेशीहरू हावी भएका छन् । यही जगबाट ०६२÷०६३ को आन्दोलन भएका छन् । नयाँ व्यवस्थाले नेपाली जनताहरूले केही पाएका छैनन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय