काठमाडौँ । बलिवुडका कलाकार एकपछि अर्को गर्दै ड्रग्स र मनि लाउन्डरिङ प्रकरणमा मुछिएका छन् । यसअघि अरमान्द कोहीलीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान अघि बढाएको छ । र अहिले उनी न्यायिक हिरासतमा छन् ।
बुधबार बाहुबली फेम अभिनेता राणा दग्गुबातीसँग हैदरवादको सम्पत्ति शुद्धिकरण विभागले चार बर्ष पुरानो विषय बारे बयान लिएको छ । अभिनेता दग्गुबातीसँग करिब सात घण्टा सोधपुछ गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो विषय ड्रग्स र मनी लाउन्डरिङ विषयसँग सम्बन्धित रहेको बताइएको छ । यस अघि २०१७ मा १२ सेलिब्रेटीलाई यसै प्रसंगमा सोधपुछ गरिएको थियो भने अहिले फेरी यस विषयमा उनीहरु बिभागको निशानामा रहेका छन् । यस अघि अभिनेत्री रकुलप्रित सिंहलाई पनि बिभागले सेप्टेम्बर ३ मा करिब ३ घण्टा सोधपुछ गरेको थियो ।


विषय ड्रग्स र मनि लाउन्डरिङको भएपनि प्रहरीले अहिलेसम्म केस दर्ता भने गरेको छैन । प्रहरीले २०१७ मा दक्षिण भारतीय थुप्रै कलाकारहरुलाई ड्रग्स र मनी लाउन्डरिङ प्रकरणमा नोटिस जारी गरेर बयान लिएको थियो तर अहिलेसम्म कसैलाई पक्राउ गरेर कारवाही भने गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय