
काठमाडौं । चिकित्सा शिक्षामा स्नातकोत्तर तहका लागि चिकित्सा शिक्षा आयोगले सीट निर्धारण गरेको छ।
शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले एक हजार ७१२ सीट निर्धारण गरेको छ। आयोगको कार्यकारी समितिको बैठकले स्नातकोत्तर तहका विभिन्न कार्यक्रम र विषयका लागि विभिन्न शिक्षण संस्थालाई सीट तोकेको जनाइएको छ।

सबैभन्दा बढी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १६९ सीट पाएको छ। त्यस्तै, सबैभन्दा कम आयुर्वेद क्याम्पसले दुई सीट पाएको छ।
कुन कलेजलाई कति सीट?
आयुर्वेद क्याम्पसः २,
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानः १६९,
विराट मेडिकल कलेजः २५,
चितवन मेडिकल कलेजः १०६,
किस्ट कलेजः १२,
कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालः ४४,
गण्डकी मेडिकल कलेजः ४०,
हिमालय आई इन्स्टिच्यूटः ६,
जानकी मेडिकल कलेजः ४,
कान्तिपुर डेन्टल कलेजः ७,
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानः ५,
काठमाडौं मेडिकल कलेजः ७४,
काठमाडौं युनिभर्सिटी स्कूल अफ मेडिकल साइन्सेजः ८८,
किस्ट मेडिकल कलेजः ५६,
लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पतालः ३४,
महाराजगञ्ज मेडिकल कलेजः १३४,
महाराजगञ्ज नर्सिङ क्याम्पसः ३२,
मणिपाल कलेज अफ मेडिकल साइन्सेजः ३९,
मनमोहन मेमोरियल इन्स्टिच्यूट अफ मेडिकल साइन्सेजः १४१,
नेशनल मेडिकल कलेजः ७३,
नेप्लिज आर्मी इन्स्टिच्यूट अफ हेल्थ साइन्सेजः ५७,
नेपालगञ्ज शिक्षण अस्पतालः २७,
नोबेल कलेजः २५,
नोबेल मेडिकल कलेज शिक्षण अस्पतालः ६२,
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानः ६५ ,
पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल प्रालिः १६,
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानः ३३,
पोखरा नर्सिङ क्याम्पसः १५,
पूर्वाञ्चल युनिभर्सिटी अफ स्कूल अफ हेल्थ साइन्सेजः २०,
स्कूल अफ हेल्थ एन्ड अलाइड साइन्सेजः ४७,
ललितपुर नर्सिङ क्याम्पसः २८,
श्री मेडिकल एन्ड टेक्निकल कलेज, चितवनः १०,
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजः ६९,
केयू स्कूल अफ साइन्सेजः ५०।