काठमाडौं । विवेकशील साझा पार्टी नेपालले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’का रूपमा मनाउन सरकारसँग माग गरेको छ । पार्टीका प्रवक्ता शरदराज पाठकले एक विज्ञप्ति जारी गर्दै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्ने उल्लेख गरेका छन् ।

‘संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन् तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र समृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ ।’ सो पार्टीले राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिनसमेत माग गरेको छ । त्यस्तै, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गर्न पनि माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय