
काठमाडौं । आगामी पुष २५ गते आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २५ देखि २७ गते सम्मका लागि प्रधानमन्त्री देउवाको भारत भ्रमण अनुमोदन गरेको हो ।
२५ सदस्यीय टोलीमा प्रधानमन्त्री देउवासहित २५ जना हुने बताइएको छ भने टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुने बताइएको छ ।

चार दिने भ्रमणका लागि निस्कन लागेका प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भारतबाट जीटुजीमार्फत मल खरिद गर्न सम्झौता गर्ने निर्णय पनि गरेको छ । भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ ।
पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने भनिएको छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको बताइएको छ ।