
काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (राअवि)को प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई मुलुकको आन्तरिक गुप्तचरी निकाय राअविको प्रमुखमा बढुवा गरेको हो ।
अहिलेका गुप्चतर प्रमुख गणेश अधिकारीको कार्यकाल दुई दिनपछि सकिँदैछ । त्यसपछि गुप्तचरको प्रमुखका रुपमा रेग्मीले कार्यभार सम्हाल्ने भएका छन् ।खरेलसँगै राअविका अर्का अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादवप्रसाद रेग्मी पनि गुप्तचर प्रमुख बन्ने दौडमा थिए ।
