भक्तपुर । पटक पटक फुट्दै र जुट्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अब कहिल्यै नफुट्ने भएको छ । राप्रपाका अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गरेपछि पार्टी नफुट्ने भएको हो । सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली काँग्रेसको भन्दा फरक विचारधारा बनाएर हिँडेको राप्रापा अब कहिल्यै नफुट्ने बताएका हुन् ।


अध्यक्ष थापाले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्ति नभइ विचार र नेताको पछि नभइ नीतिको पछि लाग्न पनि आग्रह गरे । उनले आगामी कार्तिक २७ गतेदेखि काठमाडौंमा पार्टीको केन्द्रीय महाधिवेशन हुने भन्दै नयाँ विधान अनुसार महाधिवेशन गर्न लागेको बताए ।‘हामी राप्रपालाई कहिल्यै नफुटाउने र फुट्न नदिने अठोटका साथ अघि बढेका छौँ,’ अध्यक्ष थापाले भने, ’कम्युनिष्ट र काँग्रेस भन्दा फरक पहिचान बनाउन लागि परेका छौँ ।’ पार्टीको केन्द्रीय महाधिवेशन आगामी २०७८, कार्तिक २७ गतेदेखि काठमाडौंमा भइरहेको छ। पार्टीको र महाधिवेशन नयाँ विधानअनुसार गरिने र ७५३ वटै गाउँपालिका र नगरपालिकाका अध्यक्षहरु म्हाधिवेशनका प्रतिनिधिहरु हुने उनले बताए। साथै, प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट कम्तिमा ९ जनाको दरले सक्रिय सदस्यहरु मध्येबाट महाधिवेशन प्रतिनिधि छनोट भएर आउने जानकारी पनि उनले गराए।

’पहिलेको जस्तो जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमितिले खल्तीबाट झिकेर महाधिवेशनको प्रतिनिधि पठाउन सक्ने व्यवस्था अब छैन’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय