
एजेन्सी । पूर्वी अफगानिस्तानमा हिजो भएको बम विष्फोटमा परी ९ जना बालबालिकाको मृत्यु भएको छ । पाकिस्तानको सीमा नजिकै भएको सो विष्फोटमा परी थप ४ जना घाइते भएका छन् ।
खाद्यान्न विक्री गर्ने गाडा विष्फोट नभएको एउटा मोटर कार्टसँग ठोक्किंदा विष्फोट भएको तालिवानले नियुक्त गरेका गभर्नरले जानकारी दिएका छन् । घटना पूर्वी नानगाहार प्रान्त नजिकैको लालोपार जिल्लामा भएको हो ।

विष्फोटको जिम्ममेवारी हालसम्म कुनै पनि समूहले लिएको छैन । विष्फोट भएको क्षेत्र अफगानिस्तानमा सक्रिय आतंकवादी समूह आइएसकेको पकड क्षेत्र रहेको छ ।
आइएसकेले गत वर्ष १३ अमेरिकी सेना र १ सय ७० जना अफगानी नागरिकको कावुल विमानस्थलमा वम विष्फोट गराएर हत्या गरेको थियो ।