एजेन्सी । अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । आनुवंशिक रुपमा परिमार्जन गरिएको सुँगुरको मुटु अमेरिकाका डेविड बेनेट नाम गरेका व्यक्तिमा सफल प्रत्यारोपण गरिएको हो ।

आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएका उनी विश्वको पहिलो व्यक्ति हुन् । बाल्टिमोरमा चार दिन पहिले शल्यक्रिया मार्फत मुटु प्रत्यारोपण गरिएको हो । अहिले उनको अवस्था राम्रो रहेको चिकित्सकहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

डेविडमा परीक्षण स्वरुप आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । डेविडको जीवन रक्षाका लागि एक मात्र अन्तिम विकल्पका रुपमा प्रत्यारोपण रहेको थियो । तर अहिले अवस्था राम्रो रहे पनि प्रत्यारोपण गरिएको मुटुले उनलाई कति लामो जीवन दिन्छ भन्ने स्पष्ट छैन ।

शल्यक्रिया अघिको दिन स्मरण गर्दै ५७ वर्षका बेनेटले भनेका छन्, ‘मृत्यु वा प्रत्यारोपण रोज्ने विकल्प थियो, मैले प्रत्यारोपण रोजेँ ।’

आनुवंशिक रुपमा परिमार्जित सुँगुको मुटु बेनेटमा प्रत्यारोपण गर्नका लागि युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकलाई विशेष अनुमति दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय