काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिम गेटमा पुगेर पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रनिर्माता शाहको तस्वीरमा माल्यार्पण गर्नुभएको हो ।

शाह त्यहाँ पुग्दा उहाँका समर्थकहरूले राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीरअंकित पोस्टर बोकेका थिए । उहाँका समर्थकले गणतन्त्रविरोध नारासमेत लगाएका थिए । उनीहरुले ‘गणतन्त्र मुर्दावाद’, ‘हाम्रो राजा, हाम्रो देश’, ‘यो व्यवस्था चाहिँदैन’ लगायतका नारा लगाएका थिए ।

पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सोमबार विज्ञप्ति जारी गर्दै गणतान्त्रिक व्यवस्थाप्रति असन्तोष जनाउनुभएको थियो । उहाँको स्वागतमा राष्ट्रिय झण्डासहित सर्वसाधारणको ठूलो भिड लागेको थियो । भिड थेग्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको प्रतिमामा पुष्पगुच्छासहित माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय