एजेन्सी । नाइजेरियाले अफ्रिका कप अफ नेशन्समा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा नाइजेरियाले इजिप्टमाथि १–० को जित दर्ता गरेको हो ।

नाइजेरियाको जितमा ३० औँ मिनेटमा केलिची इहिनाचोले गरेको गोल नै निर्णायक बन्यो । जितपछि तीन अंकसहित नाइजेरिया शीर्ष स्थानमा छ ।

समूह डी अन्तर्गतकै खेलमा सुडान र गिनी बिसाउले गोलरहित बराबरी खेलेका छन् । यसैगरी समूह ई अन्तर्गत मंगलबार राति भएको खेलमा अल्जेरिया र सिएरालियोनले पनि गोलरहित बरबरी खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय