काठमाडौ । सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई छिटो छरितो , झन्झटमुक्त र विशिष्टीकृत सेवा प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेशको सिमलचौर शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

यस अघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ , काठमाण्डौं तथा कमलादी काठमाण्डौं,लुम्बिनी प्रदेशको कालिकानगर शाखामा , प्रदेश नंं .१ को विराटनगर र बिर्तामोड शाखामा र प्रदेश नंं.२ को राजविराज शाखामा रहेको प्रिभिलेज काउन्टर बाट आफ्ना ग्राहकलाई विशेष बैंकिग सेवा प्रदान गर्दे आईरहेको थियो । साथै आगामी दिनमा अन्य प्रदेशमा समेत यस्ता थप विशेष बैंकिग सेवा प्रदान गर्ने योजना बैंकले लिएको छ ।

बैकले मुलुकभरका १ सय ७४ शाखा, १ सय २३ ए.टि.एम. र ९० शाखा रहित बैंकिग ईकाईबाट करिव १३ ग्राहकवर्गलाई आधुनिक बैंकिग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरसको महामारीबाट विश्वनै आक्रान्त बनेको अवस्थामा बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।

यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न, मोबाइल बैंकिगको पिन बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाको थालनि गरेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैकिग सुबिधा प्राप्त गर्न सहज होस् भनी बैंकमा बचत खाता संचालन गर्दै आएका ग्राहकरुलाई बैंकको मोबाइल बैकिग, इन्टरनेट बैकिग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय