काठमाडौं । ३०० औं पृथ्वी जयन्ती एवं एकता दिवसको अवसरमा नेपाल समाजवादी कांग्रेसले राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै राष्ट्रिय एकता दिवसको शुभकामना आदान— प्रदान गरेको छ ।

कार्यक्रममा नेपाल समाजवादी कांग्रेसका राष्ट्रिय अध्यक्ष गोविन्द निरौलाले जनहत्याबाट शासनमा पुगेका शासक हुन वा अरु कसैको दासत्व नस्वीकार्ने बताउँदै नेपाल समाजवादी कांग्रेस स्वाभिमानी पार्टी भएको बताए । ‘पृथ्वीनारायण शाहले साना—साना राज्य जोडिदिनुभयो, अहिले विभाजन गर्ने काम भएको छ’ राष्ट्रिय अध्यक्ष निरौलाले थपे—भारत—अमेरिकासमेतका मुलुकहरुमा स्वतन्त्रता दिवस मनाउँछन्,किनकि उनीहरु कसैको उपनिवेश थिए । तर, हामी कसैको उपनिवेश भएनौं, त्यसैले हामी राष्ट्रिय एकता दिवस मनाउँछौ ।

नेपाल समाजवादी कांग्रेसका सचिव मानबहादुर गुरुङले पृश्वीनारायण शाहले गोरखा विस्तार गरेको नभई नेपाल विस्तार गरेर हामीलाई सिंगो नेपाल दिएको र नेपाली हुनुको गौरव दिलाएको उल्लेख गरे । सचिव गुरुङले भने—‘नेपाल समाजवादी कांग्रेसले शुरु गरेको नागरिक आन्दोलन अहिलेसम्म आइपुग्दा ‘फुटाउ र राज गर’ भन्नेहरुको मुटु हल्लिएको छ ।’

कार्यक्रमा वरिष्ठ पत्रकार ताराचन्द्र देवकोटा,भरत लामिछाने, राष्ट्रवादी अभियन्ता बिकीजंग राणा, नेपाल समाजवादी कांग्रेसका केन्द्रीय सदस्य महेश्वरमान वैद्य, मीनबहादुर कार्की लगायतका वक्ताहरुले २० वर्षको उमेरमा राजा भई २२ वर्षमै युद्धमा होमिएर ३२ वर्ष पुग्दा—नपुग्दै लगभग नेपाल एकीकरणको अभियानलाई उचाई दिएका श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भारतलाई स्वतन्त्र बनाउन र चीनको अस्तित्व जोगाइदिन पनि भूमिका खेलेको चर्चा गरे । वक्ताहरुले दूरदर्शी राष्ट्र निर्माताका विरुद्धमा बहस हुनुलाई खेजजनक विषय भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय