काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। यो संख्या पछिल्ला केही महिना यता कै सबैभन्दा धेरै हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पिसिआर परीक्षणबाट २ हजार ४४८ र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित नेपालमा अब ११ हजार ६ सय ९० जना कोरोनाका संक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनामा कोरोना परीक्षण गरिएको थियो।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। यही अबधीमा २७८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय