काठमाडौं । कोरोना भाइरस संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५०८७ संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा देशभर २०५६० जनामा गरिएको नमूना परीक्षणमा ५०८७ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ३०६ जना डिस्चार्ज भएका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा समीर कुमार अधिकारीका अनुसार नेपालमा अहिले आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ, एचडियु तीन हजार ८४६ रहेका छन् ।

यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९, अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन ट्याङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्सिजन प्लान्ट सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय