एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युनाइटेड एस्टोन भिल्लासँग २–२ को बराबरीमा रोकिएको हो ।

युनाइटेडले दुई गोलको अग्रता लिएपनि अन्तिममा सम्हालिन नसक्दा बराबरी खेल्दै अंक बाड्न बाध्य भयो । एक गोल पहिलो हाफमा भएको थियो भने तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको छटौं मिनेटमा ब्रुनो फ्रेनान्डेसले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए थियो । ६७औं मिनेटमा फ्रेनान्डेसले नै गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

त्यसपछि चार मिनेटमा युनाइटेडले दुई गोल खायो । ७७औं मिनेटमा जाकोब रामसीले गोल गर्दै एक गोल फर्काए । जाकोबले गोल गरेको चार पाँच मिनेट नबित्दै फिलिप कोउन्टिन्होले गोल गर्दै एस्टोन भिल्लालाई हारबाट जोगाए ।

कोउन्टिन्हो अघिल्लो शुक्रबार मात्रै भिल्लामा अनुबन्धित भएका थिए । सहमतिअनुसार उनले यस सिजनको अन्त्यसम्म खेल्नेछन् ।

यो बराबरीसँगै २० खेलबाट ३२ अंक जोड्दै युनाइटेड सातौं स्थानमा यथावत छ । समान खेल खेलेको भिल्ला २३ अंकसहित १३औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय