
चितवन । हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गुप्तबहादुर थापा छन् । उनी निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत थिए ।
सैनिकहरु साँझ साइकलमा रात्री गस्तीमा निस्किएका थिए । त्यति नै बेला हात्तीले आक्रमण गरेको हो । घाइते भ एका थापालाई उपचारका लागि भरतपुर मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
