काठमाडौँ । नेपाल सङ्गीततथा नाट्य प्रज्ञा प्रतिष्ठानले वागमती प्रदेशस्तरीय मौलिक लोकबाजा प्रशिक्षण सम्पन्न गरेको छ । पुष १६ गतेदेखि काठमाडौँ र ललितपुरका विभिन्न ठाउँमा दुई हप्ता सात वटा लोकबाजाबारे प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणको दौरान कम्तिमा १३५ जना बढी युवाले लिम्बु जातिको च्याब्रुङ,राई जातिको ढोल, तामाङ जातिको टुङ्ना र डम्फु, नेवार जातिको धिमे तथाबाँसुरी र सारङ्गी बाजाबारे प्रशिक्षण लिने अवसर पाएकाथिए । च्याब्रुङ बाजाबारे यासेली योङहाङ, ढोलमादीपेश राई, धिमेबारे नरेश प्रजापति, तुङ्नाडम्फुमा छेवाङ तेन्जिङ लामा, बाँसुरीमा गोपालनाथ घतानी, सारङ्गीमा भरत नेपाली र तालवादनमा भरत बुढाथोकीले प्रशिक्षण दिनु भएको थियो ।

यस कार्यलाई प्रभावकारी बनाउन लोकबाजा सम्बद्ध सामुदायिक संस्थाहरु किरातयाक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपालतामाङ घेदुङ, ज्याठा पञ्चदान गुठी प्रजापतिखलसँगआवश्यक परामर्श सहित स्थानीयव्यवस्थापनकालागि सहकार्य गरिएको थियो ।

प्रशिक्षार्थीलाई लोकबाजाको परम्परागत पृष्ठभूमि र क्षेत्रिय समुदायसंगको धार्मिक,साँस्कृतिक सम्बन्धबारे जानकारी दिने, बाजाबन्ने बनाउने र सुर मिलाउने तरिका, पुर्विय तथापश्चिमी संगीतपारम्भिक ज्ञान, मेट्रोनममाबाध्य बादन अभ्यास सुरुवात, बाजानुसारको संगीत संयोजन गरि त्यसैनुसार अभ्यास, सुरतालबोल स्वरलिपिमा लेखन अभ्यास गराइएको थियो ।

संगीत संयोजनबारे जानकारी, सामुहिकबादनविधितथाअभ्यास, ब्यावसाहिकबाध्यबादकबन्नहुनु पर्ने पुर्बधार ज्ञान, अन्यबाजाहरुसंग समिश्रण गर्ने अभ्यास तथाप्रदर्शनस,आधुनिकप्रबिधितथा रेकर्डिङबारे जानकारी, बरिष्ठ संगीत बिज्ञहरुबाट संगीतिक अन्तरक्रिया तथा कार्यशालाको समन्वयगरि कार्यक्रम संचालनगरिएको प्रतिष्ठानका सङ्गीतविभागप्रमुख प्राज्ञ अशोककुमार राईले बताउनुभयो । यसै अवसरमापुष ३० गते राष्ट्रिय नाचघर जमलमा साङ्गीतिक प्रस्तुतिसहित प्रशिक्षण समापनकार्यक्रम समेत आयोजनागरिएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले प्रशिक्षणका दौरानसिकेको आआफ्ना आकर्षक प्रस्तुतिहरु प्रस्तुतगर्नु भएको थियो । प्रस्तुति हेरिसकेपछि साँस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीले विभिन्न कारणले नेपालको लोकसंस्कृतिको दस्तावेज तयार गर्न राज्यपक्ष पछि परेको बताउनु भयो । उहाँले देशजतिकै संस्कृति महत्वपूर्ण रहने चर्चा गर्नु हुँदै ‘संस्कृति खरानी भए हामीबाँकी रहँदैनौँ’भन्नुभयो ।

त्यसैगरी संस्थानका महाप्रवन्धक अशोक प्यासी राईले युवापुस्तामा सामाजिक सञ्जाल, मिडिया, सूचनाप्रविधिका कारण पश्चिमा संस्कृतिको प्रभाव बढ्दै जानुले लोकसंस्कृति संरक्षण गर्न यस्ता प्रशिक्षणले निरन्तरतापाउनुपर्ने बताउनु भयो । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र हस्तान्तरण गर्नु हुँदै प्राज्ञ राईले मौलिक लोकबाजालाई मूलधारको व्यवासायिक सङ्गीतसँगजोड्न,लोकसङ्गीतको स्वरलिपितयार गरी,त्यस आधारमालोकबाजाबजाउन सक्ने वाद्यवादकहरु तयार गर्न प्रतिष्ठानले थप प्रशिक्षणहरु सञ्चालनगर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय