काठमाडौं । नेपाल स्टिल रोलिङ मिल एसोसिएसनले डन्डी बनाउन प्रयोग हुने कच्चा पदार्थ स्पञ्ज आइरनमा सरकारले लगाएको भन्सार र अन्तशुल्क दरले डण्डी उद्योग प्रत्यक्ष प्रभावित भएको जनाएको छ ।
सरकारको पछिल्लो कदमले मुलुकका २४ वटा डन्डी उद्योग बन्द हुने एशोसिएनको दाबी छ । एसोसियसनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा लगाईएको अन्तशुल्क र भन्सार दरले डण्डी उत्पादक उद्योग विस्थापितनै हुने बताएको हो । सरकारले हाल स्पन्ज आईरन आयात गर्दा शून्य कर तर विलेट आयात गर्दा ४ दशमलब सात पाँच प्रतिशत भन्सार र अन्तशुल्क प्रति मेट्रिक टन २५ सय पु¥याएको छ ।यसले गर्दा उद्योगनै बन्द हुने र कामै गर्न नसक्ने अवस्थामा पुग्ने भन्दै उनीहरुले आयातित सामानको भन्सार छुटाउने तथा उद्योबाट उत्पादित फलामे छड विक्री वितरण समेत रोकेको बताएका छन् ।


डण्डीको कच्चा पदार्थ विलेट नेपालमै उत्पादन नहुने हुँदा वर्षेनी करोडौं रकम बराबरको आयात हुने गरेको छ । यसबाट उत्पादित फलामे छड र डन्डीहरु पनि गुणस्तरिय हुने तर स्पन्ज आईरनबाट उत्पादित डण्डी गुणस्तरीय नहुने उनीहरुको दाबी छ । स्टील उद्योगीहरुका अनुसार, वार्षिक एक लाख टन बिलेट उत्पादन क्षमताको प्लान्ट राख्न ७५ करोड रुपैयाँ हाराहारी लगानी पर्छ। यसअनुसार अहिले संचालनमा रहेका आठ रोलिङ मिल्सले बिलेट उत्पादन गर्नेगरी आफूलाई अपग्रेड गर्दा स्टील उद्योगमा ६ अर्ब रुपैयाँ हाराहारी लगानी थपिन सक्ने देखिन्छ ।

उद्योगीहरुका अनुसार, यी सबै उद्योगले बिलेट उत्पादन गर्न थाले स्टील उद्योगहरुले कम्तिमा २०० देखि ३०० मेगावाट विद्युत थप खपत गर्नेछन् । हाल संचालनमा रहेका करिब दुई दर्जन डन्डी उद्योगहरुले बढीमा १५० मेगावाट विद्युत खपत गरिरहेका छन् । यसकारण सरकारको पछिल्लो एउटा निर्णयले स्टील उद्योगको डाइमेन्सनै परिवर्तन हुने देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय