काठमाडौं । रुसी डेनिल मेदभेदेभले पहिलो पटक ग्रान्ड स्लामा उपाधि जित्न सफल भएका छन् । उनले नोभाक जोकोभिचलाई हराएर उपाधि जित्न सफल भएका हुन् ।

दोस्रो वरीयताका २५ वर्षीय मेदभेदेभले पछिल्लो आफ्नो दुई खेलमा उपाधिको होडमा हार बेहोरेका थिए । उनले जोकोभिचलाई ६–४ ६–४ ६–४ को सेटमा हराएका हुन् । विश्व वरीयताको शीर्ष स्थानमा रहेका जोकोभिचले यस वर्षको अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन र विम्ब्ल्डन ओपनको उपाधि जितेका थिए । ३४ वर्षीय सर्बियाली जोकोभिचले २१ औं पटक ग्रान्ड स्लामको उपाधि जितेर टेनिसको दुणियाँमा नयाँ कीर्तिमान बनाउने होडमा उभिन सफल भएका थिए । तर मेदभेदेभले उक्त सपना चकनाचुर पारिदिए । यूएस ओपन जितेको भए जोकोभिच रोजर फेडेरर र रफाल नाडलमाथि पुग्नुे थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय