काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी वैशाखमा नै गर्न सत्ता साझेदार दलहरु सहमत भएका छन् । तर निर्वाचनको मिति भने आजको गठबन्धनको बैठकले तय गर्न सकेन ।

मितिका विषयमा थप गृहकार्य गर्ने र अर्को बैठक बस्ने गरी आजको सत्ता साझेदार दलहरुको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खर सम्पन्न बैठकमा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल भएको थियो ।

छलफलपछि सरकारका प्रवक्ता एवं संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन बैशाखमै सम्पन्न गर्न आफूहरु सहमत भएको भएपनि केही गृहकार्य बाँकी रहेकोले अर्को बैठकबाट निर्वाचनको मिति टुंगिने बताउनुभयो ।

आज सत्तारुढ गठबन्धनका मुख्य दुई जना नेताहरु बैठकमा उपस्थित हुन नसकेपछि सबै कुराको निधो गर्न नसकिएको नेताहरुले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय