काठमाडौं । रुघाखोकी जस्ता सङ्क्रमणको लक्षण देखिए ५ दिनसम्म क्वारेनटाइन बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयको आजको प्रेस ब्रिफिङमा इपिडियोमोलोजी तथा रोग महाशाखा प्रमुख कृष्णप्रसाद पौडेलले व्यक्तिमा रुघाखोकी, घाँटी दुख्ने जस्ता लक्षण देखिए ५ दिन क्वारेनटाइनमा बसी स्वास्थ्य परिक्षण गर्न आग्रह गर्नुभएको हो ।

ओमिक्रोन सङ्क्रमणले अस्पताल बस्नुपर्ने तथा अक्सिजन लिनुपर्ने जस्ता जटिल अवस्था कम आउने अध्ययनले देखाए पनि छिटो र बढी सङ्क्रामक भएकोले सुरक्षाको मापदण्ड अनिवार्य अपनाउन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय