काठमाडौं । नेपाली सेनाका उपरथी अनन्त कार्कीमाथी कार्वाही हुने भएको छ । दुई सातापछि अवकासमा जान लागेका कार्कीमाथी अनुशासनको कार्वाही हुने भएको हो । कार्कीले मिडियामा गएर उजुरीको पत्र नै सार्वजनिक गरेर जंगी अड्डालाई चुनौति दिएका थिए ।

उपरथीको पदावथि थप नभएको भन्दै रक्षा मन्त्रालय हुंदै प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयमा प्रधानसेनापतिविरुद्ध कार्कीले उजुरी दिएका थिए । यसलाई सेनाभित्र गम्भिर अनुशासन उल्लंघनका रुपमा लिइएको छ । कार्कीले जति कोशिस गरेपनि अन्तिममा सरकारले सैनिक मुख्यालयको सिफारीसलाई नै सदर गरेको छ ।

सैनिक मुख्यालयले उपरथीहरु सीताराम खड्का र ताराध्वज पाण्डेको मात्र म्याद थपको लागी पत्र पठाएको थियो । उक्त पत्र सदर भइसकेको छ । कार्कीको म्याद थपको पक्षमा प्रधानसेनापति प्रभुराम शर्मा मात्र होईन पीएसओज जर्नेलहरु कोही पनि पक्षमा थिएनन ।

पुर्ववर्ती प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा उनले धेरै सैनिक अधिकृतमाथी अन्याय गरेको र आर्थिक हिनामिना समेत गरेको आरोप छ । त्यतिमात्र होईन उनले हालका प्रधासेनापति शर्माविरुद्ध गुप्तचर खटाउने र सेकेण्डम्यानलाई वाइपास गरेर काम गर्ने गरेको सैनिक वृतमा चर्चा छ ।

भक्तपुर घर भएका कार्कीको कार्यशैलीका कारण पनि विवादमा आउने गरेका छन् । भक्तपुर जग्गा काण्डदेखी मुख्यमन्त्री शेरधर राईको अगाडि उपरखुट्टी लगाएको भन्दै विवादमा आएका थिए ।

सेनामा पदावधि थप गर्ने वा नगर्ने अधिकार प्रधानसेनापतिलाई छ । बहालवाला जर्नेलले पदावधि थप नभएको भन्दै प्रधानसेनापतिलाई चुनौति दिएको यो पहिलो घटना हो ।

कार्कीको पदावधी थप भएको भए उनि तिन तारे जर्नेल समेत बन्ने सम्भावना भएका अधिकृत हुन । तर, पदावधि थप नभएसंगै यही माघ २३ मा अवकासमा जानेछन । सैनिक रेकर्डअनुसार उनको जन्ममिति २०२३ असार १५ गते रहेको छ भने सेनामा २०४३ फागुन ३ गते सैनिक क्याडेटका रुपमा कार्की भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय