काठमाडौँ । नेपाली हवाइ आकाशका एक पुराना हस्तीको निधन भएको छ। एक जिवित किम्बदन्तिको रुपमा रहेका रोनाल्ड क्यारिल रोजारियो को हालै 98 बर्षको उमेरमा निधन भएको हो ।

जस्ले द्वितीय विश्व युद्धमा एक लडाकु पायलटको रुपमा रोयल ब्रीटिस वायुसेना मा युद्ध मा लडेर बहादुर सैनिकको परिचय दिदै कैयन पदक बाट सम्मानित हुन सफल भएका थिए।

उनले नेपाल को रास्ट्रीय ध्वजाबाहक तात्कालिन शाही नेपाल वायुसेवामा बरीस्ठ फ्लाइट इन्जिनियर को रुपमा काम शुरु गर्दै त्यसपछि तत्कालीन शाही नेपाली सेना अन्तर्गत रोयल फ्लाइटमा चिफ इन्जिनियर एवम पायलट प्रशिक्षकको रुपमा लामो समय काम गरेका थिए।कामको अवधिमा उनले राजा बिरेन्द्र बाट धेरै सम्मान हरु पाउन सफल भएका थिए।

आफ्नो जागिरको अवधी भर एक निडर र कर्तव्य प्रती पुर्ण प्रतिबद्ध रहेका उनी गुमनाम रुपमा साधारण तरीकाले जीवन बिताउदै 14 jan 2022 मा 98 बर्षको उमेरमा अस्ताए । रोनाल्ड क्यारिल को निधनले एक पुराना अनुभवी एभिएशन हस्ती जो नेपालकै उदाहरण हुन गुमाउन पुगेको छ नेपाली हवाइ छेत्रले।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय