काठमाडौं । जिम्मेवार निकायको लापर्बाहीका कारण पत्रकार एलबी विश्वकर्माको निधन भएकोभन्दै मिडिया क्षेत्रका ट्रेड युनियनकर्मीहरुको ससंस्था ‘युनिमी’ नेपालले घटनाको छानविन गर्न माग गरेको छ ।

क्रियाशील पत्रकारले पर्याप्त उपचारको अभावमा जीवन गुमाउने अवस्था आउनु लज्जाजनक भन्दै युनिमीले छानविन माग गरेको हो । युनिमीका अध्यक्ष गोविन्द धितालले शुक्रबार वक्तव्य प्रकाशित गर्दै अछाम घर भइ हाल काठमाडौँमा रहेर टिभी टुडेमा कार्यरत पत्रकार विश्वकर्माको बिहीवार उपचार नपाएर निधन भएको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गरेका छन् ।

“बिरामी भएपछि सिभिल अस्पतालमा गएको, अस्पतालले पीसीआर गर्नका लागि एकहजार रुपैयाँ मागेको तर पैसा नभएकाले पीसीआर नगरी घरमा फर्किएको र राति स्वास्थ्य अवस्था थप जटिल भएपछि पाटन अस्पताल लागिएकोमा त्यही उहाँको निधन भएको घटनाले उहाँको निधनमा अस्पताल र उहाँ कार्यरत संचार गृहको वेवास्ता तथा लापर्बाही स्पष्ट हुन्छ,” वक्तव्यमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय