काठमाडौं। शनिबार बिहान साढे ९ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक डाकेका छन् ।

शुक्रबार साँझ बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपश्चात् स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक डाकेका हुन् ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने यसअघि पनि डाकिएको सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय